गण्डकीका पदकधारीलाई प्रदेश खेलकुद परिषद्ले सम्मान गर्ने
पाेखरा | मंसिर १२, २०७९
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
परिषदले आगामी १८ गते पोखरा रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागिएको हो ।
सो सम्मान कार्यक्रमका लागि परिषद्ले करिब ४० लाख बजेट छुट्याएको छ ।
प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलका अनुसार खेलाडी संगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ ।
गत असोज २८ देखि कात्तिक ३ गतेसम्म ३९ वर्षपछि गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जितेको थियो ।
परिषद्का अनुसार गण्डकी प्रदेशले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलमा ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरि कुल ३२५ खेलाडीलाई सम्मान गर्नेछ । त्यसै गरी पदक विजेता ४६ जना प्रशिक्षक र ३५ जना व्यवस्थापक गरि ८१ जना र सम्बन्धित २८ खेल संघहरुलाईसमेत सम्मान गरिने बताइएको छ ।
काठमाडौं: गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...
काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

